नेकपा एमाले मोरङको नवौं जिल्ला अधिवेशन मनास्लु होटलमा (सर्कुलरसहित)

विराटनगर । नेकपा एमाले मोरङको नवौं जिल्ला अधिवेशन यहि पुष २३ र २४ गते विराटनगर स्थित मनास्लु होटलमा हुने भएको छ । एमाले मोरङको पदाधिकारी बैठकले सर्कुलर जारी गर्दै प्रतिनिधि चयनका लागि निर्देशन समेत दिएको छ ।

प्रत्येक वडा शाखा कमिटी मातहतमा रहेका पार्टी सदस्यहरुको भेलाबाट पहिलो एकसय जना बराबर एक महिला सहित ३ जना प्रतिनिधि । पहिलो एक सय भन्दा कम भएपनि ३ जना प्रतिनिधि चयन गर्नुपर्ने छ भने एक सय भन्दा बढी भएमा हरेक ५० पार्टी सदस्य बराबर १ जना र अन्तिममा २५ जना भन्दा माथि रहे थप अर्को एकजना प्रतिनिधि चयन गर्न पाइने छ ।

जिल्ला अधिवेशनमा आयोजकले एक हजार तथा प्रतिनिधिले ५ सय रुपैयाँ शुुल्क तिरेर प्रतिनिधि परिचयपत्र लिने व्यवस्था गरिएको छ । यस्तै बैठकले मञ्च तथा स्वयम्सेवक व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष वान्तवालाई चयन गरेको छ ।

Back to top button