
काठमाडौं । गियर बक्स र टावर मर्मतसम्भारका लागि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो।
मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।