नेपाली कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशनमा मतदान जारी

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेको छ। ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः ३० बजेदेखि सुरु भएको थियो ।

प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन्। मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

७२ पदका लागि १ सय ८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेको हो।

Back to top button