भाईको नाममा ट्रायल दिने दाजु पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा भाईको नाममा मोटरसाइकलको ट्रायल दिने दाजु पक्राउ परेका छन् । प्रहरीले दमक नगरपालिका–९ का ३७ वर्षीय हरी श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रेष्ठले आफ्नै भाई सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गर्दा पक्राउ गरिएको हो । मोटरसाइकलको लाइसेन्स बनाउनका लागि प्रयोगात्मक परीक्षा दिनेबेलामा भाईको स्थानमा दाजु सहभागि भएपछि प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाई सुजितको नाममा ट्रायल दिँदै गर्दा फेला परेका हरिबहादुरलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Back to top button