विराटनगरमा आज ‘द एक्स’को सांगितिक साँझ

विराटनगर । विराटनगर हाटखोलामा स्थित आरके सिटी सेन्टरको माथील्लो तल्लामा रहेको स्काई लाउन्ज एण्ड ग्रिलमा ‘द एक्स’ व्याण्डले साँगितिक प्रस्तुति राख्ने भएको छ । युवा पुस्ताको लोकप्रिय ब्याण्ड द एक्सले आज साँझ आफ्नो प्रस्तुती दिने भएको हो ।

विराटनगरका साँगितिक पारखीहरुको लागी विशेष माहौल तयार गर्न स्काई लाउन्ज एण्ड ग्रिलले द एक्स ल्याउने भएको हो । द एक्स व्याण्डमा राज भन्डारी, सुरेन्द्र श्रेष्ठ र शिव सुनवारलगायतको टिम रहेको छ ।

बेलुका ६ बजेदेखी राती १० बजेसम्म हुन लागेको लाईभ म्युजिक कन्सर्टको होष्टिङ अनुपमा बास्तोलाले गर्ने हुनुभएको छ । पछिल्लो समय विराटनगरमा साँगितिक साँझका कार्यक्रम हुने क्रम बाक्लिदै गएको छ ।

केही दिन अघि मात्रै विराटनगर बरगाछीको कार्पेडियममा ‘कबवेब’ व्याण्डको लाईभ कन्सर्ट थियो ।

Back to top button