लुधियाना स्थित अदालतमा बिष्पोट, दुई जनाको मृत्यु

विराटनगर । भारतको पञ्जाबस्थित लुधियाना स्थित अदालतमा आज बिस्फोट भएको छ । अदालको तेस्रो तलामा भएको बिष्पोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ४ जना गम्भीर घाइते भएका छन् ।

बिस्फोट तेस्रो तलाको कोर्ट नम्बर ९ नजिकैको बाथरुममा भएको बताइएको छ । बिस्फोट हुँदा अदालतको पूरै भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ ।

घटनाको बिषयमा प्रहरी र प्रशासनका अधिकारीले प्रतिकृया दिएका छैनन् ।

Back to top button