यसरी लुटियो अमेरिकी सांसदको गाडि…

काठमाडौं । अमेरिकी सांसद (सिनेटर) म्यारी गे स्क्यानलोनलाई दुई व्यक्तिले बन्दुक तेर्स्याउँदै उहाँको कार लुटेका छन् । सिनेटर स्क्यानलोन बुधबारदिउँसो ३ बजे एफडीआर पार्कमा बैठकपछि आफ्नो कारमा जाँदै हुनुहुन्थ्यो ।

दक्षिण फिलाडेल्फियाको पार्कमा हतियारसहितका दुई जना ब्यक्तिले सिनेटरलाई बन्दुक देखाएर कारको चाबी मागे । चाबी लिएसँगै उनीहरुले सिनेटरको कार लिएर भागेका हुन् ।

घटनामा सिनेटरलाई कुनै चोटपटक लागेको छैन। प्रहरी र स्क्यानलोनको कार्यालयले घटनालाई पुष्टि गर्दै गाडि लुटिएको बताएका छन् ।

स्क्यानलोनले जब लुटेराहरुलाई साँचो दिनुभयो तीमध्ये एकजनाले उहाँको नीलो एक्यूरा एमडीएक्स कार चलाउँदै लगे र अर्को व्यक्तिले अर्को गाडीमा पछ्याए। स्क्यानलोनका सञ्चार निर्देशक लरेन कक्सले सांसदलाई कुनै चोटपटक नलागेको बताउनुभएको छ ।

गाडीमा सिनेटरको व्यक्तिगत र कामका सामान रहेको प्रहरीले जनाएको छ। प्रहरीले फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबिआई)सँगको सहकार्यमा यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सिनेटर स्क्यानलोनले पेन्सिल्भानियाबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

Back to top button