देशभर २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय २६ जनामा गरिएको परीक्षणमा २ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यहि अवधिमा २ सय ६३ जना निको भएका छन् । बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।

Back to top button