जनस्वास्थ्य महासंघको महासचिवमा श्रेष्ठको उम्मेदवारी

विराटनगर, नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिनु भएको छ ।
आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिनुभएको हो । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुवीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने छु ।’
जस्तोसुकै विपत्तिमा पनि जनस्वास्थ्यकर्मीले गर्ने कामबाट आफु कहिल्यैपनि पछि नहटेको उहाँ बताउनुहुन्छ । कोरोनाका पहिलो र दोश्रो लहरको समयमा तीव्र संक्रमण भएको अवस्थामा रेडियोबाट कोरोनाबाट बच्नका लागि निरन्तर सूचना दिने उद्देश्यले आफैले रेडियो कार्यक्रम दैनिक सञ्चालन गरेको, रेडियोको माध्यमबाट प्लाज्मा व्यवस्थापनको कार्य गरेको, अहिले पनि जनस्वास्थ्य गतिविधि नियमित सञ्चालन गरिरहेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘ १५ सय भन्दा बढी जनस्वास्थ्यकर्मीसँग कुराकानी गरि स्वास्थ्य सचेतना फैलाउने काम गरिएको छ ।’
सिएमएबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका श्रेष्ठ स्वास्थ्य क्षेत्रबाटै विद्यावारिधि गर्दैहुनुहुन्छ । उहाँ विगत १० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा अध्ययापनरत हुनुहुन्छ ।
नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाण्डौंमा गरिने व्यवस्था मिलाईएको छ ।

Back to top button