लुम्बिनी सरकारले टेलिभिजन र रेडियो नवीकरणमा छुट दिने

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोका लागि आर्थिक वर्ष २०७८/७९ को इजाजत पत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिनु भयो ।

त्यस्तै बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने र ती कार्यालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सरकारको यो निर्णयसँगै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ ।

Back to top button