आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको छ ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ । माओवादी अध्यक्ष पुष्‍पकमल दाहालले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

Back to top button