बंगलादेशमा यात्रुले भरिएको पानीजहाजमा आगलागि, कम्तिमा ३२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी बंगलादेशमा यात्रुले खचाखच भरिएको पानी जहाजमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने दक्षिणी ग्रामीण सहर झलोकाठी नजिकै आज बिहान दुर्टघना भएको हो। जहाजमा करिब ५०० यात्रु रहेको बताइएको छ ।

‘हामीले ३२ जनाको शव निकालेका छौं। मृत्यु हुनेको संख्या बढ्न सक्छ। अधिकांशको आगो र केहीको नदीमा हाम फाल्दा डुबेर मृत्यु भएको छ‚’ स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

इञ्जिन कोठाबाट आगलागी भएको हो । ढाकाबाट घर फर्केका यात्रुहरुले जहाज खचाखच थियो । घाइते करिब एक सय जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

Back to top button