टेलिनेटमा सूचना विभागको छड्के

काठमाडौं । नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रा.ली.को कार्यालयमा सूचना तथा प्रसारण विभागले छड्के जाँच गरेको छ ।

टोलीले टेलिनेटका कर्मचारीलाई उक्त कम्पनीले अल्ट बालाजी र सोनीलिभका सामग्रीहरू के आधारमा नेपालमा प्रसारण गरिरहेका छन् भन्ने सोधपुछ गरेको छ । नेपालमा प्रसारण अनुमतिको लाइन्सेस पनि मागेको छ ।

मागिएका कुरा देखाउन नसकेपनि टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘आधिकारिक कागजातसहित विभागमा उपस्थित हुन चिठी काटेका छौं,’ सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभएको छ, ‘कागजात हेरेर थप कारवाही अघि बढ्छ ।’

Back to top button