एसएसपी यादव मृत फेला

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी ) सुशील यादव आज मृत फेला पर्नुभएको छ ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव आज क्वार्टरमा नै झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

प्रहरीले उहाँको मृत्युबारे अनुसन्धान शुरु गरेको जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । मृत्युको कारण खुल्न सकेको छैन।

Back to top button