२ सय ६० संक्रमित थपिँदा ३ सय ४९ संक्रमणमुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६० जनाको पिसिआर परीक्षण गर्दा २ सय ३७ र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ।

Back to top button