प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो ।

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जलवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएपछि भारत जाने तयारीमा लाग्नुभएको हो । बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ तर मिति एकिन भने भइसकेको छैन ।

Back to top button