
इनरुवा । नेपाल उत्पीडित जातिय मुक्ती समाज सुनसरी जिल्ला कमिटीको बिस्तारीत भेलाले नारायण परियारको संयोजकत्वमा १ सय १ सदस्सीय आयोजक समिति गठन गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भेलाले १ महिने संगठन बिस्तार तथा परिचालन अभियान समेत सञ्चालनलन गर्ने निर्णय गरेको छ । यस्तै एक महिना भित्र १२ वटै पालिकामा पालिकास्तरीय कमिटीहरु निर्माण गर्ने योजना रहेको मुक्ती समाजकी केन्द्रीय सदस्य नरमाया परियारले बताउनुभयो ।
भेलामा नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य डिबी शाह शंकर, पार्टी जिल्ला कमिटी सुनसरी अध्यक्ष खेमराज पोखरेल, समाजका केन्द्रीय सदस्यहरु पार्वता बराईली, नरमाया परियार, साबित्रा परियार, खगेन्द्र नेपाली, लक्ष्मण दास, सुभम मग्राती, धनबहादुर बराईली, वीर बहादुर सुन्दास, खड्ग बिक, लिला शंकर र बलिन्द्र बिकलगायतका नेताहरुको उपस्थिति रहेको थियो।