एमाले अध्यक्ष ओली भोली मोरङ आउने

उर्लाबारी । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली शनिवार मोरङ आउने हुनुभएको छ । मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने हुनुभएको हो ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको गरी कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बिहान ११ बजदेखी सुरु हुने कार्यक्रममा प्रमुख आतिथी ओलीसहित पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्याल, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जयराम यादव, प्रदेश १ का नेकपा एमालेमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरुको आतिथ्यता रहने प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जानकारी दिनुभयो ।

जननेता मदन भण्डारीको स्मृतिमा स्थापित प्रतिष्ठानले प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । अध्यक्ष ओली प्रतिष्ठानको संरक्षक समेत रहनुभएको छ ।

Back to top button