प्रधानमन्त्री देउवाको क्रिसमसको शुभकामनाः स्वास्थ्यका मापदण्ड पालना गर्दै मनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको शुभकामना दिँद्यै सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देश मार्फत जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा मनाइने यो पर्व स्वास्थ्यका मापदण्डहरु पालना गर्दै हर्षोल्लासका साथ मनाउन समेत आग्रह गर्नुभएको छ ।

हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

Back to top button