तीनजुरे क्षेत्रमा हिमपात

तेह्रथुम । तेह्रथुम र संखुवासभाको सीमावर्ती उच्च पहाडी क्षेत्रको तीनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिमापत भएको छ।

हिमपातका कारण पशुचौपाया र जनजीवन प्रभावित भएको छ। वर्षासँगै परेको हिउँका कारण अत्यधिक चिसो बढेको छ । हिउँले टिएमजे क्षेत्र सेताम्य बनेको छ।

हिउँले सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ। हिउँ परेपछि हिजो दिउँसो देखि नै आन्तरीक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ ।

Back to top button