राष्ट्रिसभा सदस्य निर्वाचनकालागि निर्वाचन आयोगमा ७ दल मात्रै दर्ता, दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ। आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको म्याद तोकेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुशार हिजो बेलुकासम्म ७ वटा दल मात्रै दर्ता भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी‚ राष्ट्रिय जनमोर्चालगायतले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराइसकेका छन् ।

निर्वाचन आयोगमा १ सय ३ वटा दल दर्ता छन्। नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अझै दल दर्ता गराएका छैनन् । आज शनिबार र क्रिसमसको सार्वजनिक बिदा भए पनि निर्वाचन आयोगको काम कारबाही जारी रहने प्रवक्ता पौडेलले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गतेका लागि तोकिएको छ। यो निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।

Back to top button