नेपाल आइपुग्यो ५० लाख सिरिञ्ज, सबै प्रदेशमा पठाउने सरकारी तयारी

काठमाडौं । सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । युनिसेफको सहयोगमा हिजो कोलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेपछि सवै प्रदेशमा पठाउने सरकारी तयारी बनेको हो ।

सबै प्रदेशमा सिरिञ्ज पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बताउनुभएको छ । सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा छ ।

तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित बन्न पुगेको छ । प्रदेश–१ का झापा, मोरङ र सुनसरी बाहेकका जिल्लामा सिरिञ्ज अभावका कारण खोप अभियान नै प्रभावित बन्न पुगेको थियो ।

प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ ।

Back to top button