सिरहा र सप्तरीबाट गाँजा बरामद

सिरहा । सिरहाको औरही गाउँपालिका–१ बाट सशस्त्र प्रहरी बलले करिब ३० किलो गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले सीमा क्षेत्रमा बरामद गरेको हो।

यस अघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ कोशी बादबाट पनि हिजो सशस्त्र प्रहरीले करिब ४० किलो गाँजा बरामद गरेको थियो । सोही ठाउँमा परालको कुन्यूमा लुकाई राखेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाइनले बरामद गरेको हो।

Back to top button