कृषि मल अभाव, मलै नहाली किसानले मकै र गहुँ बाली लगाउँदै

विराटनगर । समयमा कृषि मल नपाउँदा किसानले मल नै नहाली मकै र गहुँ बाली लगाउन बाध्य भएका छन् । जहदाका किसान रामकुमार मण्डलले डिएपी मल नपाउँदा मल नै नहाली गहुँ र मकै बाली लगाउन बाध्य भएको गुनासो पोख्नुभयो ।

उहाँ जस्तै यहाँका अन्य किसानले पनि डिएपी मल नै नहाली हिउँदे बाली लगाउन बाध्य हुनुभएको हो । मोरङमा २० हजार ५२ हेक्टरमा मकै र १२ हजार हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।

क्षेत्रीय कृषि सामग्री कम्पनीका नवरत्न गौतमले अहिले डिएपी मल करिव एक सय टन भएको र यूरिया मल प्रयाप्त रहेको बताउनुभयो । डिएपी मल पनि अभाव हुनु नपर्ने तर सहकारीहरुले लुकाएका कारण डिएपी मल किसानलाई अभाव भएको कम्पनीका कर्मचारीहरुको भनाई छ ।

Back to top button