आयोजक बंगलादेश पराजित, नेपालको लगातार तेस्रो जित

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले लगातार तेस्रो जित निकालेको छ। आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा बलियो बनाएको छ ।

आज भएको खेलमा २५–५, २५–१५ र २५–१७ को सोझो सेटमा जित हासिल गरेको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा जित निकालेको थियो।

लगातार तीन जितसहित नेपाल ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल २९ डिसेम्वर अर्थात पुष १४ मा हुनेछ।

Back to top button