
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पोल भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले वर्ल्ड लिंक र क्लासिक टेकले यथाशीघ्र पोल भाडा नतिरे लाइन काट्ने चेतावनी दिएको हो ।
यस्तै, वर्ल्ड लिंकले पोल भाडाबापत प्राधिकरणलाई ६१ लाख ७४ हजार रूपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । क्लासिक टेकले पोलभाडा बापत ३१ लाख १६ हजार रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, यथाशीघ्र रुपमा प्राधिकरणको धरौटी खातामा भाडा बुझ्नुपर्ने र नबुझाएमा दुवै कम्पनीको कार्यालयमा जडित मीटरको लाइन काटेर असुली प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।