सिरहामा ३१ किलो गाँजा बरामद

काठमाडौं । सिरहाको नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिबन्धित लागुऔषध (गाँजा) बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गाउँपालिका–१ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

यस्तै,तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिनुभयो ।

बरामद गाँजा आजै जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाउने उहाँले बताउनुभयो ।

Back to top button