जसपाबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

विराटनगर । जनता समाजवादी पार्टीबाट निर्वाचित जहदा गाउँपालिकाका एक वडाध्यक्ष एमालेमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा ७ का वडाध्यक्ष भगवानलाल बेसराले शनिबार एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष बेसरालाई फूलमाला लगाइदिएर पार्टी प्रवेश गराउनुभयो । यसअघि जनता समाजवादी पार्टीबाट नै निर्वाचित वडा ४ का अध्यक्ष जयनरथ गिरीले पनि एमालेमा प्रवेश गर्नुभएको थियो ।

Back to top button