पार्टीमा सबैको प्रतिनिधित्व हुन्छः देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताउनुभएको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने बताउनुभएको हो ।

‘म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु ।’ उहाँले भन्नुभयो,‘ सबैको साथका पाउने विश्वास समेत व्यक्त गर्दछु।’

Back to top button