मदन भण्डारी प्रतिष्ठानले असाधारण उपलब्धी हासिल गर्यो : अध्यक्ष ओली

उर्लाबारी । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रोत साधनको अभावका बीच पनि मदन भण्डारी स्मृति प्रतिष्ठानले असाधारण उपलब्धी हासिल गरेको बताउनुभएको छ ।

उर्लाबारी ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शैक्षिक, स्वास्थ्य , सामाजिक गतिविधिमा प्रतिष्ठानले असाधरण काम गरेको बताउनुभयो । रोजगारीको अवसर शृजना गर्ने वा रोजगारीमा लाग्न सक्ने सक्षम जनशक्ति उत्पादनमा प्रतिष्ठानको भूमिका उल्लेखनिय रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

सन्थाल, धिमाल, बाँतर लगायत पिछडिएका जातीको उत्थानका लागि प्रतिष्ठानले अबदेखी काम सुरु गर्ने सम्झौता समेत गरेको छ । प्रतिष्ठानले सो समुदायको गरिवी निवारण, सामाजिक जागरण, रोजगारी लगायतका क्षेत्रमा कार्य गर्ने भएको छ । प्रतिष्ठानले जननेता मदन भण्डारीको बहुआयमिक विषयमा प्रतिष्ठानले खोजीमुलक सामाग्री समेत ल्याएकोमा ओलीले प्रशंसा गर्नुभएको थियो ।

मदन भण्डारी नेकपा एमालेको मात्र नभएर जनताको नेता भएकाले प्रतिष्ठानले सबै नागरिक र समुदायको उत्थानका निमित्त काम गर्न सुझाब दिनुभयो । राजनितिकरण गरेर माधन नेपाल गुटका केही ब्यक्तिहरुले प्रतिष्ठानको गरिमामा आँच पुर्याउने प्रयास गरेको भन्दै उहाँले प्रतिष्ठान यस समुदायको सम्पत्ति भएकाले यसको स्तरउन्नतिमा सबैको भूमिका रहेको बताउनुभयो । साधारणसभा प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालको अध्यक्षतामा भएको थियो ।

Back to top button