प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताः उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुने भएको छ। खेल अहिले विहान साढे १० बजे सुरु हुने छ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको फाप्ला क्रिकेट मैदानमा हिजो भएको सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ३८ रन तथा प्रदेश एकले घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै फाइनलमा पुगेका हुन्।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपिवजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट बलरले र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

Back to top button