नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । पार्टीको राष्ट्रिय सम्मेलनअघि नेकपा (माओवादी) केन्द्र को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी हेडक्वार्टर पेरिस डाँडामा जारी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजै दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

Back to top button