एमाले अध्यक्ष ओलीको झापा बसाई, आज के के छन् कार्यक्रम ?

काठमाडौं । तीन दिनका लागि झापामा आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोस्रो दिन पनि व्यस्त रहनुहुने भएको छ ।

एमाले प्रदेश १ का सदस्य होमबहादुर थापाका अनुसार आज दमक प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन, दमक अस्पताल भवनको निरीक्षण, दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

यस्तै उहाँले साढे १२ बजे दमक ४ मा अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गर्नुहुनेछ । थापाका अनुसार साढे २ बजे शान्ति मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि निर्माणाधिन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ । अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आज दमक मै बस्नुहुनेछ ।

Back to top button