कंगोको एक रेष्टुरेन्टमा आत्मघाती हमला, कम्तिमा ६ जनाको मृत्यु

गणतन्त्र कंगोको एउटा रेस्टुरेन्टमा आत्मघाती हमला भएको छ । आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती विस्फोट भएको हो ।

विस्फोटमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए ।

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले विस्फोट गराएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा भने लिएको छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र बालबालिका थिए ।

बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।

Back to top button