छोरोको जन्मदिनमा बिद्यार्थीहरुलाई पोसाक वितरण 

विराटनगर । मोरङको बेलबारी २ लाल भित्तिका एक दम्पतीले  छोराको जन्मदिनको अवसरमा फजुल खर्च कटौती गर्दै एक सामुदायिक विद्यालयका बिद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेका छन् ।

१ सय भन्दा बढी बालबालिकाहरूलाई टोपी तथा सुइटर वितरण गरेका हुन । लक्ष्मी निरौला र इन्दिरा निरौलाले आफ्नो छोरा सरोज निरौलाको जन्मदिनको अवसरमा बेलबारी २ मा रहेको श्री सिंहदेवी आधारभूत विद्यालयका अध्ययनरत १ सय विद्यार्थीलाई टोपी तथा स्विटर वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनामाया बस्नेतले जानकारी दिइन ।

भोज भतेरमा गरिने खर्च कटाएर बिद्यार्थीहरुलाई  न्यानो कपडा वितरण गरिएको दम पतिले जनाएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिनामाया थापाले दन्तीलाई धन्यवाद दिँदै नमुना विद्यालय बनाउन सबैको साथ सहयोग खाँचो रहेको बताएकी छिन् ।  उत्त विद्यालयमा व्यवस्थापन समिति तथा शिक्षिकहरु पनि महिला रहेका छन् ।

Back to top button