जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख कँडेलको बिदाइ

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख सुशिल कँडेलको बिदाइ गरिएको छ । अवकास प्राप्त कँडेलको आज एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको हो ।

खेलकुद कार्यालयमा उहाँले निरन्तर २५ वर्ष सेवा गर्नुभएको थियो । कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुने आशा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ यो बिदाई खेलकुद कार्यालयको एउटा पद्धितबाट मात्रै भएको हो, उहाँको योगदान खेलकुद क्षेत्रमा आवश्यक पर्ने भएकाले अझ थप सहयोग हुने कुरामा विश्वास लिएको छु ।’

विगतको प्रदेश सरकारले खेलकुद क्षेत्रलाई माया गर्ने र खेलको विकास गर्ने भने पनि काम गर्न नसकेको आरोप लगाउँदै, कोइरालाले भन्नुभयो, ‘एउटा बहुमतको सरकार भएर ३ वर्ष चलाउँदासमेत खेलकुद बोर्ड गठन गर्न नसक्दा खेल र खेलाडीको स्तरवृद्धिलगायतका कुरा ठप्प हुन पुग्यो ।’

हाल गठन भएको प्रदेश खेलकुद बोर्ड र जिल्ला समितिले खेलकुदको विकास गर्न पाएका छैनन् । प्रदेश सरकारले बजेट र नयाँ खेलकुदका योजना रोक्का गरेकाले ठूलो समस्या भइरहेको छ भन्दै उहाँले प्रदेश १ विगतमा एउटा राम्रो खेलकुदको हब रहे पनि सरकारले बेवास्ताका कारण नयाँ योजना आउन नसकेको बताउनुभयो ।

यस्तै कँडेललाई बिदाइ शुभकामना दिँदै अन्य कर्मचारीलगायतले खेलकुदमा लागेकाहरुको कहिले पनि अवकास नहुने बताएका छन् ।पूर्वाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डी बास्तोला, पूर्वाञ्चल खेलुकद कर्मचारी संघका अध्यक्ष राजु महर्जन, प्रशिक्षक प्रशिक्षण प्रमुख शिवनारायण श्रेष्ठ, जिल्लाको सहइन्चार्ज तथा कराते प्रशिक्षक विनोदकुमार राउत, वरिष्ठ कराते प्रशिक्षक शोभित प्रसाईं र मोरङ खेलकुद कर्मचारी संघकी अध्यक्ष कुन्ति गुरुङलगायतले शुभकामना दिनुभएको थियो ।

Back to top button