एमसीसी सम्झौता नेपालको हितमा छ:प्रधानमन्त्री देउवा

काठमाडौं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दाबी गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज प्रज्ञा भवनमा सम्बोधन गर्दै देउवाले एमसीसीलाई राष्ट्रघाती भन्नेले सम्झौताको अध्ययन नै नगरेको जिकिर समेत गर्नु भयो ।

एउटा कुरा बोल्नै पर्ने भयो ।एमसीसी नेपालको हितमा रहेको भन्दै उहाँले  सित्तैमा आएको पैसा चाहिन्न भन्नु गलत भएको बताउनु भएको छ ।

Back to top button