इंग्लिस प्रिमियर लिगमा सिटी विजयी

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा इतिहादमा भएको खेलमा लेस्टरलाई ६–३ ले पराजित गरेको हो । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍यो । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्‍यो ।

सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गर्नु भयो । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १–१ गोल गर्नु भयो । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १–१ गोल गर्नु भयो ।

जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ । १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ ।

Back to top button