पशुपतिनाथलाई आज खिचडीको भोजन गराइने, भोली सर्वसाधारणको दर्शनका लागि बन्द रहने

काठमाडौं । चिसो बढेसँगै आज राति पशुपतिनाथलाई खिचडी भोजन गराइने भएको छ । चिसोको प्रभाव नपरोस भन्दै बाला चतुर्दशीका दिनदेखि मनतातो पानीले पशुपतिनाथको स्नान गर्न सुरु गर्ने गरिन्छ ।

खिचडी भोजन गराई तोरीको तेल घसेर न्यानो बनाउने परम्परा रहि आएको छ । सरकारका तर्फबाट १० पाथी चामल, दुई पाथी मासको दाल, दुई दुई पाथी रहर र चनाको दाल, घिउ र सक्खर तीन धार्नी, बेसार, अदुवा चार धार्नीसहितको खिचडी तयार गरी पशुपतिनाथलाई चढाउने प्रचलन रहि आएको छ।

आज खिचडी भोजन गराएपछि भोलि पशुपतिनाथलाई तोरीको तेल घसेर न्यानो गराउने काम हुन्छ। तोरीको तेल घसेर आराम गर्ने भएकाले भोली पशुपतिनाथको मन्दिरमा सर्वसाधारणलाई दर्शनकालागि समेत बन्द गरिन्छ ।

Back to top button