महिला भलिबल टोली उपाधि नजिक

काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको छ ।

आज सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो । सुरुनजिक पुगेको छ ।

आज सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो । सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको नेपालले २५–८, २५–१४, २५–१६ को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरीलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । अब, नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग खेल्नेछ ।

गत बिहीबारदेखि जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले श्रीलंकासँग ३–२ को जित निकालेको थियो । दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ ।

आज सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

Back to top button