जाजरकोटमा स्कुल नै बन्द गरेर मेला, मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यार्थी गुनासो

जाजरकोट । जाजरकोट सदरमुकामको मुटु मानिने जिल्लाकै पुरानो स्कुल त्रिभुवन मावि मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२–१६ गतेसम्म स्कुल बन्द गरेर मेला लगाइएको हो।

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालयको हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा स्कुल बन्द भएको हो।

सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयबाट निर्णय गरेर मेला लगाइएको छ ।

विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलिय समितिनै बनाएर गरेपछि आफु दवामा परेको प्राचार्य भक्तबहादुर मल्लले बताउनु भयो ।
मेला लगाए बापत विद्यालयलाइ ५० हजार रुपैयाँ दिएको उहाले बताउनु भयो ।

कोभिडका कारण लामो समय पढाइ बन्द भएर भर्खरै मात्र पढाइ शुरु भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहोर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो।

राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो।

मेला लगाउने भएपनि तल्लो थाप्लेमा ठाउँ हुँदाहुँदै पनि विद्यालयभित्र नै लगाउनु र लगाउन बाध्य पर्नु सही नभएको सर्वसाधारणले बताएका छन्।

भेरी ज्ञानोदय क्याम्पसमा विएड प्रथम वर्षको परीक्षा चलिरहेकोले मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यार्थी धर्म चन्दले बताउनु भयो ।

Back to top button