‘पेटा पर्सन अफ द इयर’मा आलिया घोषित

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गर्नुभयो । दश वर्षे फिल्म करियरमा उहाँले कैयौँ सफल फिल्ममा अभिनय गरिसक्नुभएको छ ।

उहाँ अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्नुहुन्छ । आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ सामाजिक सञ्जालमार्फत प्रायः आफ्नो फ्यानलाई जनावरप्रति प्रेम गर्न प्रेरित गर्नुहुन्छ ।

उहाँनै अहिले जनावरको अनुकूल फेसन उद्योगको समर्थनका लागि काम गरेकोमा पीपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेर्टा) को सन् २०२१ को ‘पर्सन अफ द ईयर’ घोषित हुनुभएको छ ।

आलियाले हालै फ्लेदरको फूल कम्पनीमा लगानी गर्नुभएको थियो। यो कम्पनी मन्दिरमा फ्याँकिएका फूलबाट शाकाहारी खानेकुरा बनाउने गर्दछ । अभिनेत्रीलाई शाकाहारी किड्सवियर लाइनले जनावर र प्रकृतिका लागि जनावरको बच्चालाई पोषण गर्न सहयोग गरेकोमा पेटाले उहाँलाई सन् २०२१ को ‘इण्डिया फेसन पुरस्कार’ पनि दिएको छ ।

आलियाले विशेषतः बिरालो र कुकुरको पक्षमा वकालत गर्नुहुन्छ । उहाँले मजबुत पशु संरक्षण कानुनका लागि कैयौँ बुँदामा आवाज उठाइसक्नुभएको छ । आलियाले पेटा इण्डिया अभियानसँग जोडिएर काम गर्नुभएको छ , जसले बिरालो र कुकुरलाई सहयोगको काम गर्छ ।

Back to top button