नेपाल फर्किए क्रिकेट प्रशिक्षक पुबुदु दासानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके जिम्मेवारी सम्हाल्न नेपाल पर्किनुभएको छ । उहाँ आज मध्यान्ह काठमाडौं आइपुग्नुभएको हो। उहाँले दोस्रोपटक नेपाली टोलीको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।

आगामी फेब्रुअरीमा आयोजना हुने टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट र आईसिसी विश्वकप लिग–२ दासानायकेको प्रशिक्षणमा नेपालले खेल्ने सुरुवाति प्रतियोगिताहरु हुनेछन्।

यसअघि नेपाली टोलीको पहिलोपटकको जिम्मेवारीमा दासानायकेले नेपाली टोलीलाई टीट्वेन्टी विश्वकपसम्म पुर्‍याउनुभएको थियो ।

Back to top button