माओवादी केन्द्रको महाधिवेशन लम्बिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ । गएको आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।

पुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्ब्याउने निर्णय गरिएको माओवादी नेताहरुले स्थायी कमिटी बैठकपछि बताएका हुन् ।

सकेसम्म पुस १६ गते नभए १७ गते महाधिवेशन सक्ने गरी निर्णय भएको हो । माओवादी महाधिवेशनमा आजदेखि प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल भइरहेको छ ।

Back to top button