प्रेस चौतारीको केन्द्रीय अधिवेशन माघ २२ मा हुने

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तोकेको छ ।

लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३ देखि ६ गते सम्ममा गर्ने निर्णय बैठकले गरेको छ ।

Back to top button