पेस्तोल सहित दुई जना भारतीय नागरिक पक्राउ

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ बाट दुई जनालाई पेस्तोल‚ म्यागेजिन र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीका टोलीले हिजो बेलुका बिएस होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार अररिया, बासमटियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्सारीलाई रहेको प्रहरीले जनाएको छ।

होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा ओछ्यानमा लुकाई राखेको पेस्तोल दुई थान, म्याग्जिन चार थान, गोली ३ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै‚ मोबाइल एक थान, भारतीय नम्बर बिआर ५० के ०१४९ को मोटरसाइकल र भारतीय २ हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

Back to top button