नेपालले दियो कुवेतलाई २ सय ४० रनको लक्ष्य

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपालले कुवेतसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको कुवेतलाई नेपालले ४२ दशमलव ३ ओभर खेल्दै २ सय ४० रनको लक्ष्य दिएको हो ।

नेपालका लागि २ सय ३९ रन बनाउन दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका छन् । विवेक रानामगरको ५० रन र बासिर अहमेदको ५६ रनको योगदान रह्यो । विवेकले ७१ बलमा ६ चौका हिर्काउँदा बासिरले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

मोहमद आदिल भने एक रनले अर्धशतक बनाउन चुके। ४९ रनमा आउट हुनुअघि ४२ बलमा २ चौका ५ छक्का हिर्काए । शेर मल्लले २१ रनको योगदान दिए। ओपनरद्वय सन्तोष कार्की र देव खनाल ५–५ रनमा आउट भए।

अर्जुन साउद १० रन, विवेक यादव ०, गुल्शन झा ७ रनमा आउट भए भने दिपेश कडेँलले १५ रनको योगदान दिए। बलिङमा कुवेतका मिर्जा अहमेद र अब्दुल सदिकले ३–३ विकेट लिए । दुवै टीम यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्।

Back to top button