इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम । इलामका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका क्षेत्रमा बिहानैदेखि हिमपात सुरु भएको हो ।

उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भइरहेको छ ।

हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा चौपायालाई घाँसपात गर्न समेत समस्या भएको छ । वर्षासहितको चिसोले मानिसहरुलाई घर बाहिर निस्कन समेत समस्या भइरहेको छ ।

Back to top button