जर्सीको प्रदर्शन कोरोनाका कारण स्ठगित

काठमााडौं । सन् २०२० को सुरुवाददेखि नै कोरोनाका कारण फिल्म क्षेत्रमा ठुलो असर पुगेको छ ।

लामो समय बन्द रहेका फिल्म हलमा चहलपहल बढ्न थालेको धेरै भएको छैन। अब फेरि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले यो क्षेत्रलाई असर पार्ने देखिएको छ।

भारतमा कोरोनाको संक्रमण बढेसँगै प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म जर्सीको प्रदर्शन मिति सारिएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको फिल्मको प्रदर्शन अनिश्चित कालका लागि स्थगित गरिएको हो।

यस्तै, कोरोना संक्रमणको दर बढेसँगै भारतका विभिन्न स्थानमा फिल्म हल नै बन्द गरिएको छ। त्यसको असर भर्खर प्रदर्शन भएका फिल्म र प्रदर्शनको मुखमा रहेका फिल्मलाई परेको छ।

गत हप्तादेखि प्रदर्शनमा आएको स्पोर्ट्स ड्रामा ८३ मा यसको प्रत्यक्ष असर देखिएको छ। प्रदर्शनअघि निकै चर्चा भएको फिल्मले पहिलो हप्तामा सोचेजति व्यापार गर्न सकेको छैन।

दिल्लीमा आंशिक लकडाउनको घोषणा भइसकेको छ भने भारतका अन्य राज्यले पनि यातायात तथा सार्वजनिक स्थानका लागि विभिन्न नियम लागु गरिसकेको छ । कोरोनाका कारण अन्य फिल्मको प्रदर्शन पनि अन्योलमा परेको छ।

जनवरीमा आरआरआर, राधेश्याम, बच्चन पाण्डे, जस्ता ठूला बजेटका फिल्म प्रदर्शनमा आउँदै छन् तर कोरोनाको पछिल्लो तथ्यांकले फिल्म क्षेत्र नै फेरि ठप्प हुने संकेत देखाएको छ।

Back to top button