अनेरास्ववियु महेन्द्र मोरङमा सनिम ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

विराटनगर । अनेरास्ववियु महेन्द्र मोरङ्ग क्याम्पस कमिटीको २४ औं सम्मेलनले सनिम ठकुरीको अध्यक्षतामा ४१ सदस्सिय कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा केन्द्रिय उपमहासचिव भाष्कर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा गोपाल भट्टराई, निरज ठाकुर र आरोग्य थापा चयन हुनुभएको छ ।

सचिवमा केशब भण्डारी, सह–सचिवमा सेरोना घिमिरे, रिजा कार्की, आकाश कार्की चयन हुनुभएको छ । प्रज्ञा खड्का कोषाध्यक्षमा चयन हुनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेमसंघ जिल्ला सचिव रिता न्यौपाने, केन्द्रीय सचिवालय सदस्य, गोकर्ण घिमिरे, केन्द्रीय सदस्य नवराज घिमिरे, मोरङ्ग जिल्ला अध्यक्ष सन्तोष घिमिरेसहित अनेरास्ववियुका नेता तथा क्याम्पस प्राध्यापकहरुको सहभागिता थियो ।

Back to top button